दाङ असार २२/ परापूर्व कालमा देवर्षि ब्रह्मर्षि महर्षिहरु यस चराचर जगतको सत्य तथ्य खोज अनुसन्धानमा आबद्ध थिए त्यो गहिरो चिन्तन पछि आएर दर्शनको रुपमा परिणत भयो । तपस्वी ज्ञाताहरुको एकमुष्ट रुपमा बनेको समुष्टिगत अनुभवात्मक ज्ञान शास्त्र बन्न पुग्यो त्यस्ता ध्यान ज्ञान र साधना बाट प्राप्त विचार तापत्रय ( आध्यात्मिक आदि दैविक र आदि भौतिक) ले तातिएका वा तप्त भएकाहरुलाइ सांसारिक कष्टबाट उन्मुक्ति दिलाउने उपाय रुपि शुत्र बनेर आए त्यस कारणले पूर्विय दर्शन को प्रारम्भ दुःख को नाश र परम् शुखको कामना बिचारले प्रेरित देखिन आउछ ।

तर; पश्चिमा (पश्चगामी) विचार यो भन्दा भिन्न रहेको छ पश्चिमी बिद्वतजन र ज्ञाताहरु यो पूर्विय दर्शनको ज्ञानलाइ भोक र आश्चर्यको उद्भव देखाउदै शास्त्रहरुलाइ बौद्धिक जिज्ञासालाइ निर्मूलिकरण गर्नु नै दर्शनको प्रयोजन रहेको बताउछन जहाँ उनको दर्शन बौद्धिक एवं सिद्धान्त विशेष देखिन्छ पूर्वीय दर्शनको निचोड र गन्तव्यको केन्द्रविन्दु मोक्षको लक्ष रहेको बुझ्न सकिन्छ । दर्शनको मूल वेद र उपनिषद्हरु हुन् । ऋग्वेद विश्वको सबैभन्दा पुरानो र केन्द्रीकृत ग्रन्थ हो भन्ने कथनलाइ पूर्विय त के पाश्चात्य ज्ञाताहरुले पनि सर्वमान्य भनेर स्विकारेको कुरा भनिरहनुपर्छ जस्तो लाग्दैन किनकि त्यो सर्वबिदितै छ ऋग्वेदको नासदीय सूक्त सबैभन्दा पहिलो प्रेरणा हो।ईशावास्योपनिषद् मा “ॐ हिरण्मयेनबपात्रेण सत्यस्यापिहितं मुखम् तत्वम्पृ षन्नपावृणु सत्यधर्माय दृष्टये” भन्ने यश उपनिषद् को मन्त्रले दृश् धातुबाट बनेको दृष्टये भन्ने शब्द दर्शनमा जोडिएको प्रथम उदारहणकोको रुपमा बुझिन्छ । त्यसैगरि उपनिषद् मा ” आत्मा वा अरे द्रष्टव्यः “दर्शन गर्नु पर्ने विषय आत्मा र मनुष्य कर्तव्य आत्मज्ञान गर्नु हो भनेर दर्शाएको छ । शास्त्र बिवेचना गर्ने क्रममा कात्यायनी र मैत्रेयी बिभाजित हुने क्रममा मैत्रेयीले पृथ्वी अर्थ (धन) ले पूर्ण भएर मेरो अधिन भयो भने मैले मर्नु पर्ला र ?

भनेर सोधेको प्रश्नमा यज्ञवल्क्य ले संझाउदै भन्नुभएको छ धनकै कारण तिमी नमर्ने भन्ने हुदैन “अर्थ हि केवलम् मम जीवने” भनेर अर्थ प्राप्तको लागि समर्पित भएका हरुजस्तै तिमि पनि भोग विलासितामा रमाउनेहरु जस्तै चाहि हुन सक्छौ तर; धनसङ्ग मृत्यु र आयु किन्ने क्षमता हुदैन यो सम्भव छदै छैन यतिभनेर दिव्य चक्षु खुलेपछि पुनः सांसारिक भन्दा अमृतत्व को चाहना गरेपछि यज्ञवल्क्य बाट अमृतत्वको उपदेश गरेका थिए ऋषिगणहरुका अनेकन प्रश्नहरु जगतको कारण के हो? हाम्रो सृष्टि कसरी भयो? हाम्रो जीवितता को आश्रय के हो? जो देखिएको छ यो जगतको यथार्थ रुप के हो? यस्ता अनेकन प्रश्नहरु अन्तर्मुखि आध्यात्मिक र भौतिकवादि दुई कित्तामा बाड्न सकिन्छ आध्यात्मिक दृष्टिले सोधिएका प्रश्न दर्शन शास्त्रबाट प्रकाश पार्न सकिन्छ भने भौतिकवादि चिन्तनलाइ प्रकाश पार्नकोलागि इश्वरले बाहिरी विषय वस्तु ग्रहण गर्नको लागि इन्द्रिय रचना गरेर बुझाइएको छ मानिसले भौतिक लौकिक मात्र नभइ अती लौकिक विषयलाइ चाहना प्राप्तिको रुपमा बुझेर सोही प्राप्तिलाइ सफलता संझन्छन यसरी बाह्य विषयलाइ प्रधान मान्नेहो भने अलौकिक तत्वलाइ बुझेर सफलता प्राप्ति गर्न सकिँदैन । पदार्थ वस्तको प्राप्तिमा कहिल्यै परमानन्दको प्राप्ति हुदैन यदि भएको महशुष हुन्छ भनेर कसैले भन्छ भने त्यो कपोकल्पित भ्रम हो जो उसैलाइ पनि थाहा हुदैन र विश्वास गर्देन मानिसलाइ प्राप्ति वा परिस्थिति अनुकुल हुदा सुख र त्यै परिस्थिति प्रतिकुल हुदा दुखको अनुभव हुन्छ सामान्य अर्थमा बुझाउने हो भने दुःख सुखको परिभाषा यहि हो तर त्यसो नभई जसले बाह्य दुःख सुखलाइ भुलेर भीत्रि तत्व पदार्थ वस्तु भन्दा पर आध्यात्मिक सुख को लागि यत्न गरेको हुन्छ उ नै परमार्थ प्राप्तिका साथ परं मुक्तिको विन्दुमा समागम हुन सक्दछ ।

श्वर्णपदक बिभूषित पं. श्री अमृतशरण देवाचार्य (फलित ज्योतिषाचार्य एवं १८ पुराणवाचक)

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *