घोराही फाल्गुन ११ ,नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी दाङले संगठन बिस्तार अभियानलाई तीब्रता दिएको छ । शुक्रवार माउन्ट भिउ माबि घोराहीमा कैशल थापाको अध्यक्षतामा २१ सदस्यीय प्रारम्भिक कमिटी निर्माण गरिएको अनेरास्ववियु घोराही उपमहानगरपालिका इन्चार्ज सबिन पोखरेलले जानकारी दिनुभयो ।कमिटीको उपाध्यक्षमा सलोन अधिकारी , रिदम अधिकारी , सचिवमा मनकला बि क , उप-सचिवमा प्रकाश सुनार, बिनिता पुन मगर , कोषाध्यक्षमा शुसान्त रेग्मि रहेका छन्।
विद्यार्थीहरुलाई सम्बोधन गर्दै अनेरास्ववियु दाङका जिल्ला सह-संयाेजक बसन्त प्रसाद भण्डारीले बर्तमान शिक्षाले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले बिद्यार्थीको हकहित र शिक्षालाई गुणस्तरी बनाउन अनेरास्ववियुले निरन्तर खवरदारी गरिरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै सचिव लक्षण गिरिले अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बञ्चित भएको भन्दै उहाँले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले सङ्गठन बिस्तार अभियान सुरु गरेको बताउनुभयो।
कार्यक्रम नगर इन्चार्ज सबिन पोखरेलले स्वागत मन्तव्य बाट सुरु बएको थियो भने जिल्ल सदस्य पुस्प सुबेदिको संचालनमा समपन्न भएको थियो।

