राजन राज न्यौपाने
दाङ पुस ६, नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री तथा नेकपा माओबादी केन्द्रका नेता सुदन किराँतीले कृष्टियन हरुको आयोजनामा भएको एउटा कार्यक्रममा। सम्पुर्ण नेपालिहरुले कृष्टियनलाई मान्नु पर्ने कृष्टियन मान्दैन भन्नेहरु संविधानका बिरोधी हुन त्यस्ता ब्यक्ती हरुलाई हथकडी लगाएर जेल कोच्न पर्छ भन्ने बिखण्डन बिभाजन र धार्मिक द्वन्द्वलाई प्रसय दिने अभिब्यक्तीको घोर बिरोध र भत्सर्ना गर्दै दाङको घोराहि बजारको तुलसिपुर चोकमा सम्पुर्ण हिन्दुबादी शक्तिहरु, राष्ट्रीय प्रजातन्त्र पार्टी दाङ,राष्ट्रीय स्वतन्त्र पार्टी दाङ, राष्ट्रीय शक्ति नेपाल अभियान, शिबसेना नेपाल,वैदिक सनातन धर्म परिषद, राष्ट्रीय हिन्दु युवा सङ्घ,मौलिक जरोकिलो अभियान, वीर गोर्खाली,पृथ्वि नारायण शाह स्मृती पृतिष्ठान दाङ, लगायत विभिन्न धार्मिक सङ्घ संस्थाको व्यापक उपस्थितीमा राँके जुलुस सहित बिरोध कार्यक्रम सम्पन्न भएको छ। उक्त राँके जुलुस र बिरोध सभामा
लगाइयका नारा हरु
१. सुदन किराँती मुर्दाबाद।
२. मन्त्रीपद राजिनामा दे।
३. धार्मिक हस्तक्षेप बन्द गर।
४. हिन्दु राष्ट्र कायम गर। भन्ने नारा सहित घोर बिरोध र भत्सर्ना गरिएको थियो। बिरोध कार्यक्रममा विभिन्न ब्यक्ती हरुले सुदन किँरातीको अभिब्यक्ती प्रती असन्तुष्टी ब्यक्त गर्दै बिरोध जनाएका थिए।बिरोध जनाउने मा
१. मोहन बिक्रम बस्नेत -राप्रपा
२. बिजय के.सि.- रास्वपा
३. कुलराज खनाल- हिन्दु युवा संघ
४. यमानन्द जि सि – राष्ट्रीय शक्ति नेपाल
५. बिराज पौडेल – सामाजिक अभियन्ता
थिए भने कार्यक्रमको अध्यक्षता राष्ट्रीय प्रजातन्त्र पार्टी (दाङ) घोराही नगर कमिटिका अध्यक्ष गोबिन्द गिरिले गर्नु भएको थियो भने कार्यक्रम को सहजिकरण राष्ट्रीय प्रजातन्त्र पार्टीका युवानेता यादव श्रेष्ठले गर्नुभएको थियो।बिरोध कार्यक्रम राँंके जुलुस कोण सभा र विभिन्न नारा सहित समापन भएको थियो।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *