६ फाल्गुन घोराही ,दाङको घोराहीमा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा सोमबार चर्चित गायीका भुमिका गिरिसहितका कलाकारको प्रस्तुति रहनेछ ।दाङ चेम्बर अफ कर्मसको आयोजनामा भैरहेको एक्सपोमा संगीतिक क्षेत्रमा निकै चर्चा बटुल्न सफल सुन्दर अनि जादुमय आवाजकी धनी गायीका अनु चौधरी, अर्की स्टेज क्विन भुमिका गीरी, अर्का गायक टंक खड्का, मोडल रुबिना अधिकारी लगाएतको विशेष प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो घोराही १५ झिगौरामा माघ २३ गतेदेखि सुरु भएको थियो ।साथै दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्यसंगै स्थानीय कलाकारको प्रस्तुतीपनि रहदै आएको छ ।फागुन ८ गतेसम्म चल्ने एक्सपोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको छ । एक्सपो प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई केही छुट र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै निशुल्क गरिएको आयोजकले जनाएको छ ।।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *