२४ कात्तिक, काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा भागवतप्रसाद शर्मालाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ ‘क’ को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–१८ का प्राध्यापक शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्राध्यापक शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सोही नियम अनुसार सेवा आयोगको सदस्य पदमा फुङलिङ–३ ताप्लेजुङका प्राध्यापक डा रमेश घिमिरेलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *