दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय वेडको भवन निर्माण कार्य अघि बढाउन प्रकृया अघि बढ्ने बताएका छन् । दाङको घोराहीमा सञ्चारकर्मिहरुसंगको कुराकानिमा महासचिव पोखरेलले प्रतिष्ठानले एमविविएसतर्फ ५० सिट प्राप्त गरेर चिकित्सा शिक्षा पढाउनेतर्फ अग्रसर भइरहेको भन्दै दाङले स्वास्थ्य क्षेत्रमा नयाँ उचाई प्राप्त बताए । उनले प्रतिष्ठानमा सेवा विस्तारसंगै अध्ययन अनुसन्धानमा पनि अघि बढिरहेको चर्चा गर्दै उनले अव दाङवाट चिकित्सक उत्पादन गरेर नयाँ परीचय थपिने विचार ब्यक्त गरे । अहिले प्रतिष्ठानमा उच्चस्तरको सेवा विस्तारले विगतमा सामान्य उपचार लिन यहाँका जनता वुटवल, नेपालगञ्ज वा लखनउ जानुपर्ने अवस्थाको अन्त्य हुँदै गएको र जिल्लामै राम्रो उपचार हुने शन्देश प्रतिष्ठानले दिन सफल भएको बताए । ‘प्रतिष्ठानको सेवा विस्तारसंगै अध्ययन अनुसन्धानका कामहरु भइरहेका छन्, एमविविएसको कोटापनि दाङले प्राप्त गरीसकेको छ–महासचिव पोखरेलले भने–‘एमविविएसको सिट प्राप्त गरेसंगै अव ४ सय बेडको अस्पताल बनाउने गरी प्रकृया पनि अघि बढ्छ ।’

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *