दाङ । घोराही स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक बिद्यालयमा शिक्षक प्रतिनिधि छान्न चुनाब हुने भएको छ । असोज ८ गते चुनाब हुन लागेको हो । बिद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतका अनुसार बिद्यालयका शिक्षक तुल्सीराम पोख्रेल, घोराही १८ निबासी प्रभात पोख्रेल, घोराही १५ निबासी देबेन्द्र सिंह ठकुरीले उम्मेद्वारी दर्ता गराएका छन । तुल्सीराम एमाले निकट हुन भने प्रभात कांग्रेस निकट हुन । साथै उम्मेद्वारी दिएका अर्का ठकुरि स्वतन्त्र उम्मेद्वार बनेका छन । शिक्षक प्रतिनिधि छान्न बिद्यालयमा कार्यरत स्थायी र निजि स्रोतमा कार्यरत शिक्षक र शिक्षिकाहरुले भोट हाल्न पाउनेछन । कतिपयले कांग्रेस र एमाले बिचमा शिक्षक संघ कांग्रेसले लिने गरि शिक्षक प्रतिनिधी एमालेले पाउने सहमती भएको दाबी गरेपनि त्यसको पुष्ट्रि भएको छैन ।

