काठमाडौं | नेपाल क्रिकेट संघ (क्यान)ले आज शनिबार काठमाडौंमा ‘ लक्की ड्र ‘ मार्फत नेपाल प्रिमियर लिग (एनपीएल)का मार्की खेलाडीको टीम छनौट गरेको हो। जसअनुसार करण केसी (टिम काठमाडौं),कुशल भुर्तेल (टिम पोखरा), कुशल मल्ल (टिम चितवन), सन्दीप लामिछाने (टिम विराटनगर)
रोहित पौडेल ( टिम लुम्बिनी), आसिफ शेख (टिम जनकपुर), सोमपाल कामी (टिम कर्णाली) र दीपेन्द्र सिंह ऐरी (टिम सुदूरपश्चिम) का मार्की खेलाडी बनेका छन्।

टीमका मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको छ भने मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाइजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्नसक्ने क्यानले बताएको छ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) यही मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।

तस्बिर : नेपाल प्रिमियर लिग (एनपीएल)

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *