दाङ । नेपालि काङग्रेस घोराही ३ को आयोजनामा आज तिज मिलन कार्यक्रम सम्पन्न भएको छ।लुम्बिनी प्रदेश सांसद माननीय लोका कुमारी बि क ज्युको प्रमुख अतिथि तथा नेपालि काङ्ग्रेस जिल्ला सचिव बालिका लम्साल ज्युको बिशिस्ट अतिथिमा भएको कार्यक्रममा क्षेत्रीय सभापति भिम प्रकास खडका,महाधिवेशन प्रतिनिधि बद्री कुमार खड्का ,क्षेत्र नं २क का सभापति प्रकास श्रेष्ठ , नगर उपसभापति दुर्लभ केसि, घोराही ४ का सभापति नारायण जि एम,तरुणदल केन्द्रीय सदस्य सनत घिमिरे,महिला संघ २ को सभापति शुसिला पौडेल, प्रदेश सदस्य माधव प्रसाद चौधरि, क्षेत्रीय प्रतिनिधि गणेश बुढाथोकि , र माउबादि केन्द्रको प्रतिनिधि मल्लिता पुन ज्युहरुले शुभकामना मनतब्य दिनु भएको थियो भने स्वागत मनतब्य महाधिवेशन प्रतिनिधि खिमा अधिकारि ले गर्नु भयो भने कार्यक्रम को सहजिकरण दुर्गा चौधरी ले गर्नु भएको थियो।

