काठमाडौं । दाङको घोराहीस्थित लालीगुराँस आवासीय माध्यमिक विद्यालय नयाँ व्यवस्थापनमा सञ्चालन हुने भएको छ ।

विगत लामो समयदेखि दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ पुल्चोकमा यो विद्यालय सञ्चालन हुँदै आएको छ । यस विद्यालयले आगामी शैक्षिकसत्रदेखि नयाँ व्यवस्थापन र योजनाका साथ सञ्चालन हुन थालेको सञ्चालक समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा विज्ञान र प्रविधिको बिकास सँगसँगै विश्वमा आएको नवीनतम शिक्षण विधि र पद्धतिमा आएको परिवर्तनलाई अंगीकार गर्दै विद्यालय नयाँ तथा आधुनिक विधिबाट सञ्चालन गर्न लागिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । आगामी बैशाखदेखि नयाँ तथा आधुनिक तरिकाले विद्यालय सञ्चालन गर्नेगरी गुरुयोजना समेत तयार पारिएको बुढाथोकीले बताउनुभयो ।

गुरुयोजना अनुसार विद्यालय अगाडि बढाउन आवश्यक तयारी शुरु गरिएको गुरुयोजना निर्माणकर्ता तथा विद्यालयका शिक्षा समिति संयोजक केशरमान बुढाथोकीले जानाकारी दिनुभयो । गुरुयोजना कार्यान्वयन गरिएसँगै नयाँ शेयर सदस्यहरु थप गर्नका लागि समेत प्रक्रिया अगाडि बढाइएको संयोजक बुढाथोकीको भनाइ रहेको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *