द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता बने विनोद राइ बनेका छन। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि जितेका हुन्। 
विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए। यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन्।टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए। यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ।यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बू, तेस्रो संस्करणको उपाधि किरण गजमेर र चौथो संस्करणको उपाधि करण राईले जितेका थिए।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *