घोराही । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि जिल्ला प्रहरी कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनीको आयोजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । कुनै पनि रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने हुँदा समय समयमा स्वास्थ्य परीक्षण गराउने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसीले बताए ।
शिविरमा जिल्लाका घोराही, तुलसीपुर र नजिकका प्रहरी युनिटबाट प्रहरी, प्रहरी कर्मचारी र प्रहरीका परिवारहरुले स्वास्थ्य सेवा लिएको केसीले बताए ।
शिविरमा निःशुल्क रगत परीक्षण, जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ सहितको रोगसम्बन्धी परीक्षण गरिएको थियो ।
सधैँ तनावमा खटिने प्रहरीले आफू पनि स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परीक्षण आयोजना गरिएको शिविर पूर्णरुपमा निःशुल्क रहेको र विशेषज्ञ चिकित्सक सहितको टिमबाट परामर्श तथा स्वास्थ्य सेवा दिइएकोे थियो । शिबिरमा प्रहरी तथा प्रहरीका परिवार गरी ३ सय ७ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले बताए ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *