घोराही फाल्गुन ३। दाङमा गाेली हानेर एक जनाकाे हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे ।
वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे गाेली उनकै श्रीमान प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रिले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । घाइते धनमायाको घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकोक्रममा निधन भएको हो । घटना करिब साढे ७ बजे भएकाे हाे । गाेली हानेर भाग्दै गरेका यमबहादुरलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ । घरायसि समस्या रहेका कारण श्रीमतीमाथी श्रीमानले गोलि चलाएको प्रहरीको भनाई छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बु तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री बिहीबार मोटरसाइकिलबाट घोराही आएर धनमायाको हत्या गरेको आशंका छ । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

