घोराही चैत ९ –

त्रिभुवन बिश्वबिद्धालय आर्थिक ब्यबस्थापन तथा सञ्चयकोष सम्बन्धि नियम २०५० को नियम ४६ र त्रिभुवन बिश्वबिद्धालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को नियम ३९७ ले दिएको अधिकार प्रयोग गरि त्रिभुवन बिश्वबिद्धालय कार्यकारी परिषदले बनाएको कार्य निर्देशिका छात्रवृत्ति र पुरस्कार तथा पदक सम्बन्धि कार्य निर्देशिका बनाइएको छ । यस कार्यनिर्देशिका अनुसार जेहन्दार छात्र छात्रालाइ र निशुल्क गरि दुई किसिमको छात्रवृत्ति दिने ब्यबस्था गरिएको छ । त्रि. बि. को नियम अनुसार कुनै पनि क्याम्पसमा भर्नाको १०प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्ने नियम छ तर धेरै जसो क्याम्पसले यो नियम पालना गरिएको देखिदैन । पालना गरिएको छ भने पनि आफ्ना मान्छे ,केही सिमित ब्याक्तीसङ्ग सम्बन्धित मान्छेहरुलाइ मात्र प्रदान गरिएको देखिन्छ । यस्ता त्रि बिका नियम बिपरितका कार्यलाई सबै नियमनकारी सस्था, बिद्यार्थी संघसंगठन तथा स्वतन्त्र बिद्यार्थी युनियनले बिशेष ध्यान दिनु पर्ने देखिन्छ । बेला बेलामा बिद्यार्थी संगठन जस्तै नेपाल बिद्यार्थी संघ अनेरास्ववियु अखिल क्रान्तिकारी ले यस बिषयमा कुरा उठाएको देखिन्छ ।

क) जेहेन्दार छात्रवृत्ति

जेहेन्दार छात्रवृत्ति भन्नाले उत्कृष्ट नतिजा प्राप्त विद्यार्थीलाइ प्रदान गरिने छात्रवृत्ति बुझिन्छ । यस किसिमको छात्रवृत्ति पाउने बिद्यार्थीले प्रथम सेमेस्टरमा छनौट परिक्षामा उत्कृष्ट अङ्क ल्याउनु पर्छ भने त्यसपछि प्रत्येक सेमेस्टर अथवा बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउनु पर्छ । यस पद्धतिमा अनिवार्य रुपमा छात्र र छात्रालाइ छुट्टाछुट्टै छात्रवृत्ति दिनुपर्छ । ( कन्या क्याम्पसमा यो निएम लागू हुदैन )

ख) निःशुल्क छात्रवृत्ति

निशुल्क छात्रवृत्ति भन्नाले त्रि.वि.को नियमित र शुल्क तिरी भर्ना हुने विद्यार्थीहरुमध्ये एस.एल.सी./ एसईई सरकारी सामुदायिक विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरुले आवेदन गर्न सकिने छात्रवृत्ति हो ।
निःशुल्क छात्रवृत्ति पाउने सङ्ख्यालाई शत प्रतिशत गणना गर्दा त्यसको पचास प्रतिशत खुला र पचास प्रतिशत आरक्षण कोटामा राखिनेछ ।
खुल्ला तर्फ (५० प्रतिशत) निशुल्क छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले सरकारी – सामुदायिक विद्यालयबाट एस.एल.सी. एस.ई.ई. उत्तीर्ण गरेको हुनुपर्नेछ । स्नातकोत्तर कार्यक्रमका लागि सरकारी सामुदायिक विद्यालयबाट एस. एल. सी. गरी आङ्गिक वा सामुदायिक क्याम्पसबाट स्नातक गरेको हुनुपर्नेछ ।
आरक्षणतर्फ (५० प्रतिशत) महिला, जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएका – क्षेत्र, मुस्लिम, थारु र अन्य सहिद परिवार, जनआन्दोलन घाइते विद्यार्थीहरुका लागि निःशुल्क छात्रवृत्ति मेरिटका आधारमा प्रदान गरिनेछ । यस्तो छात्रवृत्तिका लागि पनि खुला तर्फकै सर्तहरू लागू हुनेछ ।

त्रिभुवन बिश्वबिद्धालयमा अरु दुई किसिमका छात्रवृत्ति पनि दिने गरिएको छ दाताहरू बाट प्रदान गरिने छात्रवृत्ति र दृस्टीबिहिन विद्यार्थी छात्रवृत्ति रहेको छ । आङ्गिक र केन्द्रिय क्याम्पसको लागि छुट्टै नियम र सामुदायिक र सम्बन्धन क्याम्पसको लागि छुट्टाछुट्टै नियम रहेको छ । निशुल्क छात्रवृत्तिमा कुल विद्यार्थीको १०% बिद्यार्थीलाई अनिवार्य रूपमा त्रिभुवन बिश्वबिद्धालय अन्तरगतका क्याम्पसले छात्रवृत्ति दिनु पर्छ । छात्रवृत्ति पाउने बिद्यार्थीले परिक्षा शुल्क टि.यु. सेवा शुल्क र रजिस्ट्रेशन शुल्क बाहेक अरु अन्य शुल्क केही बुझाउनु पर्दैन ।

त्रिभुवन बिश्वबिद्धालयले छात्रवृत्ति प्रदान गर्दै गर्दा यश सम्बन्धि केही नियमहरु पनि बनाएको छ । त्यस नियम भन्दा अन्यथा भएको खण्डमा स्वत छात्रवृत्ति खारेज हुन्छ ।

कुनै पनि छात्रवृत्ति प्राप्त विद्यार्थी अर्को क्याम्पस स्थानान्तरण भएमा उसले पाएको छात्रवृत्ति कायम हुनेछैन
नियमित शुल्कमा भर्ना भएका विद्यार्थी सोही कोटाको रिक्त हुन आएको स्थानमा स्थानान्तरण भएमा मात्र निजको नियमित शुल्क कायम हुनेछ ।
निर्धारित विद्यार्थी सङ्ख्या (कोटा) खाली नभई कुनै पनि क्याम्पसले अर्को क्याम्पसबाट विद्यार्थी स्थानान्तरण लिन पाउनेछैन आरक्षण तर्फको छात्रवृत्ति प्राप्त गर्न नेपाल सरकारले तोकेको निकायबाट सोका लागि आवश्यक प्रमाण पेस गर्नुपर्नेछ ।

जुन मर्म र आधारित भएर छात्रवृत्ति प्रदान गरिने गरिएको छ त्यो मर्म अनुसार काम भएको देखिदैन । छात्रवृत्तिमा पनि व्यापक अनियमित भएको देखिन्छ । झन १४ बर्षसम्म स्ववियुको चुनाव नहुदा यस बिषय प्रति कसैको ध्यान नगएको देखिन्छ । अहिले स्ववियु पनि चुनिएको अबस्था छ त्यसकारण यस बिषयमा अब चाहिँ पार्द्शी रुपले छात्रवृत्ति दिने ब्यबस्था होला ।

-(लेखक अम्बिकेश्वरी क्याम्पस घोराही दाङका स्ववियु सभापति हुनुहुन्छ )

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *