गोबिन्द खड्का
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रेविज इमिनोग्लोबिन भ्याक्सिन लगाउने सेवा शुरु भएको छ ।

अब घरपालुवा अथवा जंगली जनावरले टोकेको घाउमै खोप लगाउन मिल्ने भएको छ । एकपटक लगाए जीवनभर रेबीजबाट ढुक्क हुने प्रतिष्ठानका स्वास्थ्यकर्मी कुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्याल, बाघ, भालु, कुकुर, बिरालालगायत जनावरले टोकेका बिरामीलाई यस अघिदेखि नै एन्टिरेबिज भ्याक्सिन दिने गरिएको थियो तर इमिनोग्लोबिन भ्याक्सिन लगाउन नेपालगञ्ज बुटवल काठमाडौं पठाउने गरिएको थियो । यो सुइ लगाएमा प्राणघातक रेबिजबाट बचिन्छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मि केसिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंबाट यो सम्बन्धि तालिम लिइ सेवा सुरु गरेका हुन ।

यसैगरी मुख तथा अनुहार शल्य चिकित्सक डा. निरोज खनाल नेतृत्वको टिमले मुख तथा अनुहार च्यातिएको घाउ मिलाउने अप्रेसन सेवा दिन थालेको छ । उहाँका अनुसार बंगारा भित्रतिर गाभिएको, दात नमिलेकोलाई मिलाउने सेवा दिन थालिएको हो । जनावरले टोकेको चिथोरेको अनुहार मिलाइदिने, अगाडि पछाडि भएर नमिलेको तथा नसुहाउने भएको च्युँडो मिलाउने र सुहाउने बनाइदिने जस्ता साना ठूला अप्रेसन सेवा दिने काम डा. खनालको टिमले गर्दै आएको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *