भ्यूमान पुन मगर – घाेराही,पुस २१ दाङ जिल्लाको घोराही उपमहानगरपालिका १३ अवस्थित बराहक्षेत्र धार्मिक स्थल मन्दिर परिसरमा शनिबार जनएकता बचत तथा ऋण सहकारी संस्थाको नियमित सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ ।

जनएकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बुढा मगर,व्यवस्थापक भुमा कुमारी बाेहाेरा घर्ति , लगायतका संस्थाका पदाधिकारीहरु तथा सदस्यहरुको सक्रियातामा मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो।

सरसफाई कार्यक्रममा बराहक्षेत्र संरक्षण सम्बद्र्धन तथा धार्मिक समिति दाङ घाेराहीका अध्यक्ष देवबहादुर घर्ती ,सचिव शिव घर्ती मगर, सदस्य पवन बुढा मगर, माधव केसी, ससत्र प्रहरी बलका पुर्व एसपी कर्ण बुढा, वडा नम्बर १३का निवर्तमान वडा अध्यक्षय रविलाल घर्ति लगायतका बराहक्षेत्र संरक्षण सम्बद्र्धन तथा धार्मिक समितिका ‌अन्य सदस्यहरुको समेत उपस्थित रहेको थियो । साे कार्यक्रमा जनएकता बचत तथा ऋण सहकारी संस्थाले ६ वटा दस्बिन पनि सहयोग गरिएको थियो ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *