घोराही फाल्गुन १५, घोराही लमही सडक खण्डको बैकल्पीक सडककारुपमा घोराही उपमहानगरपालिकाले निर्माण गरेको घोराही, रामपुर, सुर्केडाँगी, चाक्लीघाट हुदै बेलदमार जोड्ने सडकको स्तर उन्नती थालेको छ । वडा का र्यालय र लमही सम्म चाक्लीघाटबाट पुग्न सजिलोका लागि घोराही उपमहानगरपालिकाले पहिलो पटक सडक निर्माण गरेको थियो । अहिले उक्त सडक खण्डको विभिन्न क्षेत्रमा साघुरो, मोडलाईकटान गरी फराकिलो र स्तरउन्नती गर्न लागेको हो । घोराही, रामपुर हुदै चाक्लीघाट र चाक्लीघाटबाट घोराही लमही सडक खण्डको बेलदमार जोड्ने सडकका लागि यस बर्ष उपमहानगरपालिकाले २६ लाख बढी रकम विनियोजन गरेको छ । मंगलबार नगर प्रमुख नरुलाल चौधरी, पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल, वडा अध्यक्ष चित्रबहादुर चौधरी सहित इन्जिनियर, वडा सदस्य र स्थानीयहरुले सडकको निरिक्षण गर्दै सुधार गर्ने ठाउँहरुको नापजाँच गरेको छ । घोराही लमही सडक खण्ड अबरुद्ध हुदा उक्त सडकलाई बैकल्पिक मार्गकारुपमा प्रयोगमा ल्याउन सकिने नगर प्रमुख चौधरीको भनाई छ ।

