घोराही ३० फाल्गुन , । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा
रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न अहिले दाङको घोराहीमा
हुनुहुन्छ ।
कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्कनु भएका पुन आइतबार साँझै घोराही आइपुग्नु भएको हो । मंगलबार पनि उहाँले घोराही बजारका विभिन्न चोक एवं विद्यालय तथा अन्य संघसंस्थामा पुगेर किताब बेच्नु भएको थियो । मंगलबार घोराहीको पद्मोदय पव्लिक नमूना उमाविमा विशेष कार्यक्रमको आयोजना गरी उहाँले विद्यार्थीहरुलाई उर्जा थप्ने किसिमले सम्बोधन गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममाा विद्यालयको तर्फबाट ५० वटा र शिक्षक एवं विद्यार्थीहरुले ३० वटा पुस्तक समेत खरिद गरेको मिनेष श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी मंगलबार माउन्टभ्यू, मदन
भण्डारी, वयलडाँडा चौतारी क्लव, ग्लोबल आइएमइ बैंकमा पनि पुनको किताव बिक्रि यात्राको टोली पुगेको थियो । यस अगाडी हापुरको रमना पाठशाला, सभ्यता पाठशालामा पनि किताब बिक्री गरिएको थियो ।
यस अगाडी सोमबार पनि
घोराहीका विभिन्न चोक र विद्यालयमा खुट्टामा चप्पल र साथमा केही थान किताब सहित महाविर सामान्य पहिरनमा पुगेर किताब बिक्रिमा सक्रिय देखिनु भएको
थियो । उहाँसँग किताब किन्न र तस्बीर खिच्नेको भिड सोमबार र मंगलबार कायमै देखिन्थ्यो । ‘तुलसीपुरमा तीन दिन बसेर ९५० थान पुस्तक बिक्री गरें,’ पुनले भन्नुभयो ‘तर घोराहीमा आउँदा पहिलो दिन ८०० भन्दा बढी पुस्तक बिक्री भयो ।’ मंगलबार एक हजारको हाराहारीमा महाबिरको किताब बिक्री भएको छ ।  पुनका अनुसार अहिलेसम्म उहाँको आत्मकथा ६३ हजार वटाभन्दा बढी किताब बिक्रि भैसकेको छ । उहाँको तीन लाख थान पुस्तक बेच्ने लक्ष्य रहेको छ । पुस्तक बेचेर संकलन भएको रकम वीरगन्जमा रहेको कृषि औजार
कारखाना सञ्चालनमा खर्चिने उहाँले जानकारी दिनुभयो ।
‘मेरो यो महाअभियानमा
नागरिकहरूले मनैदेखि सहयोग र साथ दिइरहनुभएको छ,’ उहाँले भन्नुभयोे, ‘नेपालको कुल जनसंख्याको एक प्रतिशत नागरिकले मात्र यो पुस्तक खरिद गर्नुभयो । भने कृषि औजारको कारखाना सञ्चालन गर्ने सहज हुन्छ । झन्डै तीन लाख जति यो पुस्तक बिक्री भएमा १७–१८
करोड जति रकम संकलन हुन्छ ।’
त्यति रकम संकलन भए कारखाना सञ्चालन गर्न राज्य गुहार्नु नपर्ने उहाँको भनाइँ छ ।
गत पुस २२ गतेदेखि काठमाडौंबाट पुस्तक बिक्री थालेका पुनको अभियान ६५औं दिन पुगेको छ । उहाँ नौबिसे, मुग्लिन, पोखरा, पूर्वी रुकुम, रोल्पा, थवाङ, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके हुँदै दाङ आइपुग्नु भएको छ । बुधबार घोराहीमा पुस्तक बिक्रि गरेपछि देउखुरीको लमही र भालुबाङमा पनि पुस्तक बिक्री गर्ने कार्यक्रम रहेको उहाँलाई पुस्तक बिक्रीमा सहयोग गरिरहनु भएका प्रेम बुढाले जानकारी दिनुभयो । 

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *