घोराही– दाङको घोराही उपमहानगरपालिकामा पनि डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएको छ। मेयर नरुलाल चौधरी नै डोजरसँगै घरटहरा भत्काउन पुगेका थिए। घोराही–१०, नारायणपुरमा सडक मिचेर बनाइएका सात वटा घरटहरा हटाइएको छ।

स्थानीय बासिन्दाले नै सार्वजनिक जग्गा मिचेर बनाएको घरटहरा हटाउन न्यायिक समितिमा निवेदन दिएका थिए। न्यायिक समितिले २०७४ फागुन १५ गते अबैध संरचना सार्वजनिक जग्गा मिचेर घरटहरा बनाएको ठहर गर्दै हटाउने निर्णय गरेको थियो।

त्यसका विरुद्ध स्थानीय जयन्ता अलीले उच्च अदालतमा निवेदन दिएकी थिइन्। उच्च अदालतले न्यायिक समितिकै निर्णय सदर गरेको थियो। त्यसपछि आज डोजर लगाएर घरटहरा भत्काइएको हो।

सार्वजनिक जग्गा मिचेर घरटहरा बनाएर बसेका स्थानीय बासिन्दालाई पटकपटक आग्रह गर्दा पनि खाली नगरेकाले डोजर लगाउनु परेको मेयर चौधरीको भनाइ छ। घरटहरा भत्काउन नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *