भ्यूमान पुन मगर १७ माघ, घोराहीमा जारी प्रथम विक्रम पुन स्मृति खुला नकआउट फुटबल प्रतियोगितामा तेस्राे दिन पहिलो खेलमा युएनबीसी क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ यूएनबीसीले , गाेदावारीलाई २–०ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

घोराही १८ नवलपुर खेल मैदानमा भएको खेलमा यूएनबीसीका खेलाडी विक्रम बिकेले २ गोल गरे । पहिलो हाफकाे २१ औं मिनेटमा यूएनबीसी का खेलाडी बिक्रम बिके गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-०ले युएनबी अग्रता लिएको थियो । त्यसैगरी दोस्रो हाफमा यूएनबीसी का खेलाडि बिक्रम बिके ले गाेल गरेका थिए ।युएनबीले २-०गाेलले विजय हासिल गरेको छ खेलमा यूएनबीसी का खेलाडी बिक्रम बिके म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ १९ गते शुक्रबारको चौंथो प्रिक्वाटरफाइनल खेल पहिलो लोटुस ट्रेनिङ सेन्टर र क्रुञ्ची फूटबल क्लब यसैगरी दोस्रो खेल खैरा फुटबल क्लब र राप्ती स्पोर्ट्स बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए । घोराही १८ नवलपुर खेल मैदानमा बि.एफ.एल. फुटबल क्लबकाे आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष विवेक बुढा ले जानकारी दिए ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *