दाङ, ६ पुस । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको गुरुकुल दाङ जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को दोस्रो दिन गोर्खा इन्टरनेसनल स्कुल घोराही र हिमाल एकेडेमी तुल्सिपुर विजयी भएका छन् ।
घोराही–१७ स्थित घोराहि क्रिकेट मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा गोर्खा इन्टरनेशनल स्कुल घोराहिले मदन भण्डारी मेमोरियल स्कुल घोराहिलाई १० विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको मदन भण्डारी मेमोरियल स्कुल घोराही १०.२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाएर ६२ रनमा समेटियो । मदन भण्डारी स्कुलका लागि सुबास विश्वकर्माले २४ रन तथा विबेक क्षेत्रीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अन्क कटाउन सकेनन् ।
मदन भण्डारीलाई सस्तैमा समेट्न गोर्खाका बलर दक्ष्य ठकुरीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिदै ६ लिए । तेस्तै गिरिराज नेपाली २ तथा सित्तल पुनले १ विकेत लिए ।
६३ रनको लक्ष्य पछ्याएको गोर्खाले उक्त लक्ष्य ३.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । गोर्खाका लागि ओपनर अमिस सेन्चुरीले २६ तथा सित्तल पुनले १३ रन बनाए । खेलको प्लेयर अफ द म्याच भएका गोर्खाका दक्ष्य ठकुरी भए लाई दाङ जिल्ला क्रीकेट सघंका सचिव एवम नेपाल यु१६ क्रीकेट टिमका असिस्टेन्ट कोच सन्जु केसिले नगद रुपैयाँ पाँच सय सहित ट्रफी प्रदान गर्नुभयो ।
तेस्तै आज भएको दोस्रो खेलमा हिमाल एकेडेमी तुल्सिपुरले गुरुकुल एकेडेमी घोराहिलाई ६ रनले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको हिमाल एकेडेमीले १३.४ ओभर केल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर ९३ रन बनायो । हिमाल का लागि दिपशन कार्किले २८ र अमित कार्कीले १९ रन बनाए । बलिङमा गुरुकुलका लागि गुरु डांगि र आर्यन घर्तिले सम्मान ४-४ विकेट लिए भने आशिष डांगीले २ विकेट लिए ।
जवाफी ९४ रनको लक्षय पछ्याएको गुरुकुल १६.३ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाएर ८७रनमा समेटियो । गुरुकुलको लागि सोनम बानियाले १७ रन बनाए । गुरुकुललाई सस्तैमा समेट्न हिमाल का लागि कप्तान अमित केसिले ३.३ ओभर बलिङ गर्दै मात्र ९ खर्चेर ३ विकेट लिए । तेस्तै सुमित भण्डारीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिए भने हृदयश कुमार एम ले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच भएका अमित केसि लाई दाङ जिल्ला क्रीकेट संघ सदस्य एवम् दाङ जिल्ला क्रीकेट टिम छनोट टिम संयोजक एवम् दाङ क्रीकेट लिग का प्रतियोगिता निर्देशक विशेष अधिकारीले नगद रुपैयाँ पाँच सय सहित ट्रफी प्रदान गर्नुभयो ।

