नेपाल खेलकुद महासंघ दाङको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । सोमबार घोराहीमा भएको महासंघको तेस्रो जिल्ला अधिवेशनले बुढा मगरको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कपिल बि सी , देव भण्डारी , सचिवमा हरपल केसी, उपसचिवमा त्रिभुवन वर्तौला र विकास भट्टराई र कोषाध्यक्षमा सीता घर्ती मगर निर्वाचित हुनुभएको छ ।

अभिषेक बुढा मगरको अध्यक्षता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणराज गौतमको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन अवसरमा नेकपा एमालेका पोलिट्व्यूरो सदस्य नरुलाल चौधरी, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव पुनिर अधिकारी, लुम्बिनी प्रदेश संयोजक हिमाल श्रेष्ठ, स्थायी कमिटी सदस्य कल्पना आचार्य, महासंघका केन्द्रीय सदस्य दिनेश आचार्य, नारायणी डिसी, क्यानका लुम्बिनी प्रदेश सचिव कैलाश रोका, घोराही नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

को हुन अभिषेक बुरा मगर

साबिक सैघा गाविस वडा नम्बर २ हाल घोराही १९ दुई खोलीमा जन्मिनुभएका अभिषेक बुरा मगर पढाइ सिलसिलामा २०६० सालमा पढ्नका लागि तुलसीपुर पुग्नुभएको त्यसपश्चात् उहाँ घोराही आई जनज्योति हुदै , शान्ति सुधाबाट एसएलसी उत्तीर्ण भई +२ दीपशिखा बाट र ब्याचलर महेन्द्र बहुमुखी क्याम्पसबाट पढाइ गर्दै उहाँका राजनीतिक यात्रा २०७० सालदेखि अनेरास्ववियु बाट सुरु भई अनेरास्ववियुमा रही क्षेत्रीय अध्यक्ष जिल्ला संगठन विभाग, जिल्ला उपाध्यक्ष र विभिन्न तह र तप्कामा रहेर काम गर्नुभयो उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म रहनुभयो ।

नेकपा एमाले पार्टीका उहाँ तत्कालीन घोराही नगर कमिटी २०७१ सालमा कान्छा सदस्य श्री लक्ष्मण प्रसाद बुढा मगरको टिमबाट कान्छो सदस्यमा निर्वाचित हुनुभयो। हाल अहिले पार्टीको नगर सचिवालयमा समेत रहनुभएको छ। मगर ,पार्टी सँगसँगै उहाँ खेलकुद महासङ्घ २०७९ /० ३ महिना २९ गते दोस्रो अधिवेशनबाट सर्वसहमत रुपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। उहाँले विभिन्न शीर्षकमा रहि दाङमा विभिन्न खेलहरू खेलाउँदै आइराख्नुभएको थियो त्यसपश्चात् हाल २०८१/० ५ महिना १७ गते उहाँ नेपाल खेलकुद महासङ्घको जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि पूर्ण निर्वाचित हुनुभएको छ।

अभिषेक बुढा मगरले महासङ्घलाई खेल, खेलाडी, प्रशिक्षक र खेलप्रेमीको साझा सङ्गठन बनाइने सबै पालिकामा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने उद्घोष गरे ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *