घोराही १८ फाल्गुन ।

राजनीति भन्नाले राज्य चलाउने नीति  जुन बिभिन्न सामाजिक समृद्धिका लागि नीति, कार्यक्रम, र शासन गर्ने प्रक्रिया र व्यवस्था हो। राजनीतिमा युवा भन्ने कुरा हामीले प्राय सधै सुनिरहेको बिषय हो । सबै परिवर्तन चाहे त्यो २००७ , २०३५ , २०४६ तथा २०६२/२०६३ को जनआन्दोलनमा युवाको सहभागिता उत्साहजनक थियो । जुन आन्दोलन बाट थुप्रै युवा नेताहरू उत्पादन भएका थिए। सबै परिवर्तन युबाको परिकल्पनामा, युवाको चाहनामा देशमा परिवर्तन भएको थियो तर बिडम्बना देशको अबस्था परिवर्तन भएन । यसो हेर्दा भ्रष्टाचार तथ्यांक , सुशासन  इन्डेक्स , मानव बिकास इन्डेक्स एकदमै खराब छ अहिले देशको , यो सबै कुरालाई पर राख्ने हो भने पनि न्युनतम आवश्यकता गाँस, बास, कपास हरेक जनताले पाउन सकेका छैनन् । सबै युवामा प्रश्न आउँछ ” यदि यस्तै अवस्थामा राख्नु थियोे भने हिजोको संघर्ष त्याग बलिदान केस्को लागि ?”

त्यसैले हरेक जनताले यो देशको स्थिति , बुझ्न् एकदमै जरुरी छ । २१ औं शताब्दीमा हरेक युवाले आफ्नो बिचार राख्न पाउनु पर्छ । साच्चै भन्नू पर्दा हिजोको युवा र आजको युवामा धेरै फरक र भिन्नता छ । हिजोको युवा देशको परिवर्तनको लागि लडेका थिए भने आजको युवा भने ” राजनीति फोहोरी खेल” भन्दै टाढा बसेको देखिन्छ । युवालाई देशको भन्दा पनि अमेरिका, युरोप ,अस्ट्रेलिया को भिसाको चिन्ता छ । यदि राजनीति फोहोरी खेल भए त्यसलाई सफा गर्नलाइ भएपनि युवा राजनीतिमा आउनु पर्छ ।

हामी सबै नेतालाई आलोचना त मज्जाले गर्छौ । बाहिर बसेर नेतालाई गाली तथा समाजिक संजालमा तथानाम गाली त गर्छौं एकदमै मज्जा पनि मान्छौ । यो नेता खत्तम छ , नेपालमा केही हुन्न भन्छौं तर यसको समाधान बारे हामी केही बोल्दैनौ । ती गलतलाई सहि ठाउँमा ल्याउन भए पनि युवा राजनीतिमा आउनु पर्छ ।  अब साच्चै देशमा परिवर्तन गर्नु छ भने युवा चाहे त्यो बिद्यार्थी राजनीति , पार्टीको राजनीति मा आउनु पर्छ त्यसबाट मात्र देश परिवर्तन सम्भावना छ ।

युवा नेतृत्वमा आएपछि देशमा कति परिवर्तन हुन्छ भन्ने हामी फिनल्यान्डकि ३४ बर्षकि प्रधानमन्त्री सन्ना मरिन र चिलिका युवा रास्ट्रपति गेबृएल बोरिक जो बिद्यार्थी राजनीतिबाट उदाएका नेता थिए । यी युवाको नेतृत्वमा रहेका यी देश सबै मानवीय इन्डेक्समा धेरै माथी छन । प्रश्न उठ्छ बिश्वमा यसरी युवा नेताहरू आउदै गर्दा नेपालमा न आउनुको कारण के होला त । सायद युवाहरूलाई हाम्रो देशमा एकदमै कम नै युवा नेताहरु प्रेरणाको स्रोत बन्ने खालको नेता छन् जस्तै गगन थापा, बिश्वप्रकास शर्मा , राम कुमारी झाक्री , योगेस भट्टराई ।
अर्को युवाहरुलाई देशको भन्दा पनि बाहिरको भिसाको चिन्ता छ । हामिले हाम्रो शिक्षा नीति पनि युवालाइ नेतृत्वकर्ता बन्न सहयोग नगर्ने खालको बनाएका छौँ । पहिले ८-१० कक्षामा भक्ती थापा, बलभद्र कवर , जङ्ग बहादुर राणाको जिवनी तथा इतिहास पढन पाइन्थ्यो तर अहिले तस्ता प्रेरणा दिने खालका जिवनी छैनन् । अहिलेको युवाले सलमान खान सारुख्क खान लाई हाम्रो देश बनाउने पृथ्वीनारायण शाहलाई चिन्ने बाताबरण बनेको छ । अर्को युवालाई राजनीतिमा आउन रोक्न भनेको ४० कटेसी राजनीतिमा आउनु पर्छ भन्ने मानसिकताले पनि फरक पारेको छ ।

यति धेरै युवालाइ राजनीतिमा आउन रोक्ने कारकहरु हुदाहुदै पनि करिब १४ बर्षपछि भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनले एउटा आशाको किरण जन्माएको छ । बिद्यार्थी राजनीति भनेको मुल राजनीति मा योग्य राजनेता जन्माउने कारखाना हो । अब देश बनाउने जिम्मा यहि जेनेरेशन सङ्ग छ । अहिले स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव करिब १४ बर्षपछि भएको छ जस्ले यो देशलाइ नेतृत्व प्रदान गर्ने एउटा ब्याच उत्पादन गरेको छ । म आफू स्वम स्ववियु सभापति छु र यो कुरामा बिश्वास लिएको छु कि हाम्रो पुस्ताले यो देशलाई उच्च बिन्दुमा लग्ने छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *