रिया बस्नेत
दाङ / काँग्रेसका´फरार सांसद` धनबहादुर केसी उर्फ डिबी लुम्बिनीका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन आज प्रदेश सभामा बैठकमा सहभागी भएका छन् । गत साउन ७ गते नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले)का नेता आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।
विश्वासको मत दिन उनै फरार अभियुक्त रुकुम पूर्वका कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डिबी प्रदेश सभा बैठकमा सहभागी भए पछि विपक्षी दल माओवादी केन्द्रले सदनबाटै बिरोध गरेको थियो। प्रदेश सासंद केसी सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको हो । आदालतले उनलाई १ बर्ष जेल सजाय र २ हजार रुपैया जरिवान समेत तोकिसकेको छ ।
२०४८ साल असार ९ गते अदालतले दोषी ठहर गरी फैसला सुनाए पनि केसी प्रहरिकै संरक्षणमा हिडेका छन ।
हालसम्म उनले सजाय भुक्तान गरेका छैनन् ।उनी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेर उनी रुकुम पूर्वको प्रदेश (ख) सांसद निर्वाचित भए । ‘अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति सदनमा छन, ‘जेलमा बस्नुपर्ने मान्छे सदनमा बस्नु कानुनी राज्यको उपहास भएका प्रतिपक्ष माओवादि केन्द्रको आरोप रहेको छ ।
फरार अभियुक्त केसीले सरकारलाई बिश्वासको मत दिए पश्चात टिलिक्क टल्कने कालो गाडिमा पत्रकारको क्यामेरा बाट पन्छिन खोज्दै सदनबाट चोरो बाटो निस्किए र कुदे उनले बा १ झ ७२४४ नं. को सरकारि गाडी प्रयोग गरि हातले मुख छोप्ने प्रयास गर्दै प्रदेश सभाबाट बाहिरिए। आरएआईडिपि कार्यालयको सेतो नम्बर पेलेटको गाडि सरकारकै संरक्षणमा प्रयोग गरि रहेका छन।
तर यता लुम्बिनी प्रदेश प्रहरि कार्यालयका प्रमुख कुबेर सिंह कठायतले भने उहाँको बिषयमा थाहाँ पाएको तर मुद्धाका बिषयमा सबै फाईल हर्न बाकि रहको बताए । उनले फरार अभियुक्त सांसद केसीलाई संरक्षण गर्दै आदालतले गरको निर्णय पनि आफुले स्बिकार नगरि पुन एक पटक फाईल हेरेर अध्ययान गरेर मात्रै अगाडि बढने बुटवल टुडेलाई बताए । तर प्रहरि प्रमुख कठायतले भने पटक पटक प्रश्नको जवाफ नदिई फोन काटेर पन्छिन समेत कोसिस गरे । यसरि फरार अभियुक्त खुलेआमा सरकारी गाडिमा हिड्नु भनेको सरकारको सुशासनको खोक्र नारा भएको देखिन्छ जवकि प्रकाउ गर्ने प्रहरि प्रशासन र सरकारलेनै फरार सासंदको संरक्षण गरिरहेकको छ ।
फरार सासंद केसी अहिले सम्म प्रदेश सभाको ३८ वटा बैठकमा उपस्थित जनाएका छन। उनै फरार सासंद आज लुम्बिनीका मुख्यमन्त्री चेतनाराण आचार्यलाई बिश्वासको मत दिन प्रदेश सभामा आउने सुचना थाहाँ पाए पछि बुटवल टुडेले जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपि र प्रदेश प्रहरि प्रमुख कुवेर कठायत सगँ कुरा गर्दै फरारा सासंदको उपस्थित बारे जानाकारि दिईएको थियो । पछि उनलाई प्रकाउ गर्न प्रहरि परिचालन गर्ने भने पनि प्रदेश प्रहरि कार्यालयले बेवस्ता र संरक्षण गरेकै कारण प्रहरिले प्रकाउ गर्न चासो नदिएको हो।बिहान सुचना पाउँदा समेत ति सासंदलाई प्रकाउ नगरि प्रहरि नै निरिह बसिरहेको छ ।
प्रहरीका एक उच्च अधिकारीले गृहमत्रीले नै नैसांसद केसीलाई पक्राउ नगर्न दबाब दिएको दाबी गरे । ´पक्राउ नगर्न गृहमन्त्रीको दबाब छ ।उनले भने,´ फरार मान्छे संसदमा देख्दा पनि हामी निरिह बन्न बाध्य भयौँ ।

