काठमाडौं । आज विश्व दृष्टि दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा चेतनामूलक कार्यक्रम हुँदैछन् ।
नेपालमा विभिन्न कारणले आँखाको ज्योति गुम्ने गरेको छ । जसअनुसार मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ । त्यस्तै, उच्च रक्तचाप हुँदा, सुगर हुँदा दृष्टि मधुरो हुँदै जाने जोखिम हुन्छ । नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेको छ । यो उमेर समूहका अधिक मानिस मोतिबिन्दुबाट पीडित हुने गरेका छन् ।
आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलबिन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने गर्दछ । शरीरमा कुनै पनि स्वास्थ्य समस्या नदेखिए पनि ६र६ महिनामा आँखाको दृष्टि जचाउन विज्ञको सुझाव छ ।

