दाङ माघ २०,

पछिल्लो समय पुस्ता ( जेनेरेशन ) भन्ने शब्द निकै प्रचलनमा छ । त्यहिमा जेन – जेड(z) भन्ने शब्द झनै प्रचलित शब्द हो । सबैभन्दा सुरुमा जेन – जेड (z) शब्द मनोबैज्ञानिक प्रोफेसर जेन टुंगिले २००६ मा आफ्नो किताब ” Generation Me” प्रयोग गरेकी थिइन् । यो शब्द “zoomer” बाट लिएको हो, जसको अर्थ त्यस्तो पुस्ता जसले ईन्टरनेटमा सूचना खोजिरहेको छ ।

सामान्यतया यो पुस्तामा इ.स.१९९६ देखि २०१० सम्ममा जन्मेका ब्याक्तीहरु पर्छन । यो पुस्ता जेन -जेड सबैभन्दा उत्तम स्रोत र साधन पाएको पुस्ता हो जसले ईन्टरनेट , सामाजिक संजाल , शिक्षा पाएको छ । यो पुस्ताले एक किलिकमा बिश्वको सम्पूर्ण सूचना पाउन सक्छ । तर तपाई हामी माथी एउटा प्रश्न आउँछ , यो पुस्ताको जिवनशैलि,शौकहरु , रुचि हेर्दा लाग्छ कि यो पुस्ताले उत्तम नतिजा दिएको छ त ।

साच्चै भन्नू साँच्चै भन्नुपर्दा यो जेनेरेसनलाई इन्फर्मेसनको ओभरलोड भएको छ। र यो जेनेरेसनलाई सबै कुरा छिटो र चाँडो चाहिन्छ यो जेनरेसनले धर्म संस्कृति पनि मान्दैन र यो जेनेरेसनको विशेषता भनेको चाहिँ लोजिक र फ्याक्टमा बढी ध्यान दिन्छन्। यिनीहरूको धार्मिक काममा सहभागिता कम छ साथै यिनीहरुको प्रेम जीवन एकदमै जटिल छ। जेनेरेसन- जेडहरु त्यही पलमा जिउनेमा विश्वास गर्छन् प्राय यिनिहरु चाहिँ मेल र म्यासेजको तुरुन्तै रिप्लाई खोज्छन् यो पुस्ताको धेरै कुराहरू नकारात्मक हुँदाहुँदै पनि यिनिहरुको बहुमुखी काम गर्न सक्ने कलाको चाहिँ सम्मान गर्नु पर्छ ।

सामाजिक सन्जालको जिवनशैलिले गर्दा बास्तबिकता भन्दा अलि टाढा छन । यो पुस्ता अरुको जिवन अथवा सामाजिक संजालको जीवन शैली देखेर विनाश, अवसाद, भ्रम ,हताशा मा छन ।
यसले गर्दा व्यक्तिगत जीवन , प्रेम सम्बन्धमा धेरै नै असर पारेको देखिन्छ । धेर्यताको कमि , एकै रातमा सफल हुने सपना तथा प्रत्येक दिन नया कुराको स्वादलिने बानिले गर्दा यो पुस्ता लामो समय सम्बन्ध बनाउन र जोगाउन असफल छ । हेरक शब्दको सर्ट फर्म खोज्ने यो पुस्ता सायद समय बचाउनलाई होला बास्तबिक माया प्रेम भन्दा डेटिङ संजाल तिर लागेको देखिन्छ ।

सम्बन्ध गास्न सजिलो बनाएको यो प्रबिधिले अहिले सम्बन्ध बिगार्न पछि परेको छैन । अहिले आकर्षकको भरमा रिलेशनशिपमा जान्छन । साथै केही समयमा मै नतिजामा जम्प गर्छन र ब्रेकअप गर्छन् । यो त एउटा चक्र जस्तै भएको छ । एक नयाँ अनुसन्धान अनुसार जेनेरेशन – जेडको प्रेम सम्बन्ध एकदमै विषाक्त छ । उनिहरुको सम्बन्ध मान्छेको बहिरी रुप र शारीरिक सम्बन्धको आधारमा बनेको छ । उनीहरु प्राय गलत ठाउँबाट सल्लाह लिने गरेका छन । अहिलेका चलचित्रले यस्तै कुरालाइ प्रबर्द्धन गरेका छन । अहिलेका धेरै सम्बन्ध आफ्नो प्रेमी प्रेमिकालाई प्रतिबद्धता गर्न नसकेका कारण टिक्न सकेका छैनन् । हामिले यि सबै कुराहरु हाम्रो जिवनमा पनि भोगेकै छौ होला। जेनेरेशन – जेड अहिले सम्बन्ध जोगाउन भन्दा केही चित्त नबुझेमा सम्बन्ध बचाउन भन्दा तोड्न लाग्छन् ।

निकै अनौठो पालन पोषणमा हुर्केको यो पुस्ता आफ्नै भावनाले गर्दा अर्काको भावनासङ्ग खेलवाड गर्छन र आफुले मुडि( चाडै परिवर्तन हुने) छु भनेर कुरा टार्छन । अहिलेको एउटा अनुसन्धान अनुसार नेपालमा यहीँ कारण करिब ५०% उच्च शिक्षा पर्ने बिद्यार्थीमा डिप्रेशनको गम्भीर समस्याहरु देखिएको छ । अहिलेको परिभाषामा डेटिङ अघिल्लो पुस्ता भन्दा अलि फरक भएको छ ।

यो पुस्ता पुर्ण रुपमा प्रेम सम्बन्ध जोगाउन , अबिभावकसङ्ग समधुर सम्बन्ध बनाउन एकदमै पछि परेका छन।
साभार: IDS Nepal
( लेखक अम्बिकेश्वरी क्याम्पसका स्ववियु अध्यक्ष हुन )

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *