दाङ, साउन २६ । दाङको प्रमुख धार्मिक तथा पर्यटकिय स्थलकारुपमा परिचीत घोराही १८ स्थित अम्बिकेश्वरि मन्दिर ब्यबस्थापन समितिको अध्यक्षमा पुर्ब प्राध्यापक नारायण अधिकार निर्बाचित हुनु भएको छ । समितिको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्बाचनमा ४ मतको अन्तरले अधिकारी अध्यक्षमा निर्बाचित भएका हुन । निर्बाचनको मत गणना सकिएपछि शनिबार बेलुकी ८ बजे सार्बजनिक मतपरिणाम अनुसार अधिकारिले १ सय २१ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतीद्वन्द्वि महेन्द्र खनालले १ सय १७ मत प्राप्त गर्नु भएको छ । खनाल र अधिकारी दुबै जना एमाले निकट हुनुहुन्छ । जस्को उपाध्यक्षमा श्रीधर भण्डारी निर्बाचित हुनु भएको छ भने महिला उपाध्यक्षमा निरजा पोखरेल, सचिबमा दामोदर भुसाल र कोषाध्यक्षमा माधब चौधरी निर्बिरोध निर्बाचित भएका छन । अन्य सदस्यहरुका लागि निर्बाचन भएको थियो । अध्यक्षमा निर्बाचित भएपछि अधिकारिले आफुलाई जिताउन सहयोग गर्ने सम्पुर्ण मतदाता, निर्बाचन समिती, सुरक्षाकर्मिसहित शुभेच्छुक सबैमा धन्यबादसहित आभार ब्यक्त गर्नु भएको छ । उहाँले मन्दिर बिकास र प्रबर्द्धनमा सबैसंग सल्लाह, सुझाब लिएर अघि बढ्ने बताउदै निर्बाचनका तिता मिठा भुलेर साझा संकल्परुपमा मन्दिरको बिकासलाई लिएर अझ एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मन्दिर सबैको आस्थाको धरोहर भएकाले मतदाताले अध्यक्षमा निर्बाचित गराएर थप जिम्मेवारी दिएकाले जिम्मेवारी अनुसार काम गर्ने पनि उहाँको भनाई छ । अधिकारी महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा लामो समयदेखि शिक्षण पेशामा रहि अध्यापन गर्दै आउनु भएको थियो भने खनाल घोराही १८ को एमालेबाट वडा अध्यक्षमा यसअघि चुनाब जित्नु भएको थियो ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *